सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कति ओटा मोवाईल ल्याउन पाईन्छ विदेशबाट ?

bideshbat-farkidai

 

दशैं तथा तिहार नजिकिँदै गर्दा परदेशिएकाहरु घर फर्कने क्रम सुरु भईसकेको छ । वैदेशिक रोजगारीका लागि होस या अध्ययनका लागी होस, विदेश गएकाहरुले फर्किँदा परिवार, आफन्त र साथीभाईलाई कोशेलीका रुपमा मोवाईल ल्याईदिने चलन छ ।

विदेशबाट कोशेलीका रुपमा अहिले सबैभन्दा धेरै ल्याईदिने भनेको मोवाईल नै हो । नेपालमा रहेकाहरुले पनि विदेशबाट आउने साथीभाई तथा आफन्तसँग चलनचल्तीका र नयाँ ब्रान्डका मोबाइल सेटको माग गर्ने गर्छन ।

यसरी मोवाईल कोशेली बोकेर आउने धेरैलाई बिमानस्थलको भन्सार निती थाहा नहुँदा समस्या पर्ने गरेको छ । सरकारले लागु गरेको नयाँ झिटिगुन्टा नियममा बिदेशबाट फर्कनेहरुले आफुले प्रयोग गर्ने गरेको १ ओटा मात्र मोवाईल सेट बोकेर आउन पाउने व्यवस्था गरेको छ ।

बिमानस्थल भन्सार बिभागले ब्यवहारिकतालाई ख्याल गर्दै प्रयोग गरेको पुरानो मोबाइल सेट बाहेक एउटा नयाँ सेट पनि भन्सार नतिरी ल्याउन दिने गरेको विमानस्थल भन्सार विभागका प्रमुख योगेन्द कुमार गौचनले बताउनु भएको छ । त्यसकारण विदेशबाट फर्कनेले आफुले प्रयोग गरेको पुरानो सेट एउटा र नयाँ सेट एउटा बाहेक अरु ल्याउन पाईँदैन भन्ने कुरा बुझ्न जरुरी छ ।

विदेशबाट नेपाल र्फकने यात्रुले २० हजार भन्दा माथिको मोबाइल सेट तोकेको भन्दा बढी ल्याएमा ४० प्रतिशत भन्सार शूल्क र ४० प्रतिशत नै जरिवाना गरी ८० प्रतिशत रकम बुझाउन पर्ने हुन्छ । व्यापारीक उद्देष्यले अस्वभाविक रुपमा ल्याईएको मोबाइल भने भन्सारले जफत गरी कारबाही गर्ने गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्