सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हेर्नुहोस ! बाराक ओबामाको ५० करोडको घर

new-home-of-obama7

तपाई हामी धेरैलाई कौतुहलता हुन्छ कि, शक्तिराष्ट्र अमेरिकाका राष्ट्रपति आफ्नो अवकासपछि कहाँ बस्छन होला ? कसरी बस्छन् होला ? उनी बस्ने घर कस्तो छ होला ? मुल्य कति पर्छ होला ? अमेरीका जस्तो शक्तिराष्ट्रका प्रमुखको बारेमा यस्तो जिज्ञासा हुनु पनि स्वभाविक हो ।

एउटा अमेरिकी अखबारले यी सबै कुराको खुलासा गरेको छ । हालका अमेरिकी राष्ट्रपति बराक ओबामा अवकासपछि करिब ५० करोड रुपैयाँ पर्ने वासिङ्टन डिसीस्थित एउटा भाडाको घरमा बस्दैछन् । यसको मासिक भाडा नै करिब २२ लाख रुपैयाँ छ ।

ह्वाइटहाउसमा दुई कार्यकाल (८ वर्ष) विताएका ओबामाका लागि वासिङ्टनको महँगो केलोरेमा क्षेत्रमा ८ हजार २ सय स्क्वायर फिटको एउटा घर भाडामा लिइएको छ । ओवामा बस्ने यो घर सन् १९२८ मा बनेको हो ।

new-home-of-obama

ओबामाको नयाँ घरमा ९ वटा बेडरुम, ८ बाथरुम, मनोरञ्जन गर्ने खाली ठाउँ र बगँैचा छ । ओबामाले यो घर जोए लोकहार्टसँग लीजमा लिएका हुन् । जोए अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनका प्रेस सचिव थिए ।

यो घरको विशेषता वासिङटन डिसीदेखि केही मिनेटको दुरीमै अवस्थित छ । ओबामाले राष्ट्रपतिबाट अवकास पाएपनि उनले ‘सिक्रेट सर्भिस प्रोटेक्सन’ पाउनेछन् । नोभेम्बरमा नयाँ निर्बाचित राष्ट्रपतिले ह्वाइटहाउसमा सपथ ग्रहण गरेपछि ओबामाले अवकास पाउने छन् ।

new-home-of-obama6

new-house-of-obama4

new-home-of-obama1

obama-new-house

फेसबुकबाट कमेन्ट गर्नुहोस्