सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बङ्गालीले एसिड हान्दा नेत्रको मलेशियामा मृत्यु

death-in-malaysia-of-netra-mahatara-by-acide

बायाँ मृतक नेत्र महताराको तस्विर तथा दायाँ मलेसियाको जोहर अस्पतालमा रहेको मृतकको पार्थिव शरिर

बङ्गलादेशिको एसिड प्रहारबाट रामेछापका नेत्र महतराको मलेसियामा मृत्यु भएको छ । सुतिरहेका बेला बङ्गालीको एसिड प्रहारबाट घाईते भएका महतराको उपचारका क्रममा जोहर अस्पतालमा मृत्यु भएको हो । रामेछापको धोबी–१ घर भएका महतरा रोजगारीको सिलसिलामा २३ महिना पहिला मलेसिया पुगेका थिए ।

एसिड प्रहारबाट शख्त घाईते भएका महतरालाई संगै सुतेका साथी नहकुल र तुलसी भटराईले उपचारका लागी तत्कालै स्थानिय जोहर अस्पतालमा लगेका थिए । बिहान ३ः५० बजे अस्पताल भर्ना गरिएको केहि समयपछी चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

बुझिए अनुसार दुई जना सुतिरहेको बेला एक्कासी नेत्र महताराको मुखमा एसिड प्रहार भएको थियो । असह्य पीडाले कराउन थाले पछी सङ्गै सुतेका साथी विष्णु महतराले थाहा पाएर के भयो भनि समाउँदा उनलाई पनि एसिड लागेको बताईएको छ ।

मृतक महतरालाई बेडबाट तल झार्ने क्रममा एसिड लागेर घाईते भएका विष्णु महतराको हाल जोहर अस्पतालमै उपचार भईरहेको छ । घटनाबारे स्थानिय प्रहरीलाई खबर गरिएको बताईएको छ । प्रारम्भिक जानकारी अनुसार महतरामाथि बंगलादेशि नागरिकले एसिड प्रहार गरेको बुझिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्