घुस सहित वैदेशिक रोजगारका अधिकृत पक्राउ
वैदेशिक रोजगार विभाग, काठमाडौंमा कार्यरत एक शाखा अधिकृत १० लाख घुस सहित पक्राउ परेका छन् । शाखा अधिकृत रमेश लामीछाने र र शिक्षक अनिल पौडेललाई घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो ।
लामीछानेले कानुन बमोजिम प्रक्रिया पुरा भई दर्ता गर्नुपर्ने मेन पावर कम्पनीसंग कम्पनी दर्ता प्रमाण पत्र लिने प्रयोजनका लागि बिभिन्न बहानामा घुस रकम माग गरिरहेको भनेर अख्तियारमा उजुरी थियो ।
सोही उजुरीको आधारमा आयोगबाट खटिएको टोलीले लामीछाने र घुस रकम लिन सहयोग पु¥याउने शिक्षक पौडेललाई घुस रकम सहित पक्राउ गरेको थियो ।
दुवै जना घुस रकम लिइसकेको अवस्थामा बानेश्वर, विजुलीवजारस्थित राजधानी रेष्टुरेन्ट अगाडीबाट १० लाख सहित पक्राउ परेका हुन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्