सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

पोलीथिनमा बेरेको पैसा कसको हो कुन्नी !

शारदा क्याम्पस शंखमूल सल्यानका उपप्राध्यापक दीपक बुढाथोकीलाई भेटाएको पैसा लिन कोही नआएपछी त्यो पैसा के गर्ने भनेर चिन्ता भएको छ ।

बुढाथोकीले सल्यानबाट दाङ, तुलसीपुर आउने क्रममा कपुरकोट प्रहरी चेक पोस्ट नजिकै पोलीथिनमा बेरेर राखेको अवस्थामा ४० हजार नगद फेला पार्नुभएको थियो ।

‘हिँजो (सोमबार) साँझ कपुरकोट प्रहरी चेक पोस्ट नजिकै सडकमा पोलिथिनको झोलामा पैसा भेट्टाएँ ।’ उहाँले भन्नुभयो–‘यो पैसा कसको हो भनेर पनि वरपर सोधखोज गर्दा कसैले पनि दाबी गरेनन ।’

दसैंको बेलामा पैसा हराएको मान्छे आत्तिएको होला भनेर पैसा भेट्टाउने बित्तिकै रेडियो प्रकृति र कपुरकोट एफएमबाट जानकारी गराएको बताउनु भएको छ ।

उहाँले भन्नुभयो–‘सम्बन्धित व्यक्ति सम्पर्कमा आउन सूचना जारी गर्दा पनि अहिलेसम्म कोही आएका छैनन् ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS