सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

तीन बर्षमा ११ करोडको खाजा खाए सांसदले

nepali-food

संसदमा खाजा–खानाका लागि मात्रै तीन वर्षमा १० करोड ७८ लाख १९ हजार ९ सय ३५ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष ०७०/७१ देखि ०७२/७३ सम्म संसद सचिवालयले संसदीय समिति, संसदीय दल र सभामुख, उपसभामुखको सचिवालयमा खाना र खाजाको नाममा योे रकम खर्च गरेको हो ।

आथिर्क वर्ष २०७०/०७१ मा १ करोड ५ लाख, ०७१/०७२ मा ४ करोड ६० लाख ५८ हजार २ सय १० र आर्थिक वर्ष २०७२/०७३ मा ५ करोड १२ लाख ६१ हजार ७२४ रुपैया ७१ पैसा खाना र खाजामा सचिवालयले खर्च गरेको छ ।

पछिल्ला दिनमा खाना र खाजा कुपनको व्यापक दुरुपयोग हुन थालेपछि सभामुख ओनसरी घर्तीले आर्थिक मितव्ययिता अपनाउन भन्दै खाजा र खाना कुपन भदौं १ बाट कटौती गर्नुभएको थियो ।

त्यसको सट्टा संसद सचिवालयले समिति वैठक चल्दा समिति सदस्यहरुलाई विगतमा दिइँदै आएको १ सय ५० रुपैयाँ भत्तामा २५० रुपैया थप गर्दै ४ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्