सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

निर्मलादेवी र तुलसीलाई अन्तर्राष्ट्रिय पुरस्कार

tulsi-gyawali-and-nirmala-devi-tharu-chaudhary

चितवनको भरतपुरमा घरबाट निस्कने फोहरलाई व्यवस्थापन गरी घरको कौसीमै तरकारी फलाउन सफल हुनुभएकी तुलसी ज्ञवाली र कमैयाको मुक्ति अभियानमा लाग्नुभएकी पश्चिम नेपालकी निर्मलादेवी थारु ‘चौधरी’ पुरस्कृत हुने भएकी हुन् ।

जनही एक हजार डलर अर्थात् झन्डै एक लाख छ हजार राशिको उक्त पुरस्कार अन्र्तराष्ट्रिय महिला दिवसका अवसरमा यही अक्टोबर १५ अर्थात असोज २९ गते काठमाडौँमा आयोजित एक कार्यक्रमका प्रदान गरिने छ ।

प्राकृतिक विज्ञान सङ्ग्रहालयस्थित स्थानीय अन्वेषण प्रवद्र्धन नेपालका राष्ट्रिय संयोजक प्राध्यापक डा धर्मराज डङ्गोलका अनुसार नयाँ सिर्जनशीलतामा लागेर गाउँघरमा अन्वेषणको प्रयोग गरी समाज परिवर्तनमा लागेका महिलालाई यो पुरस्कार दिइन्छ ।

नेपाल र भारतका दुई–दुई जना तथा युगान्डा, केन्या, क्यामरुन, अमेरिका र क्यानडाका एक–एक जना गरी नौ जना महिलालाई उक्त पुरस्कार प्रदान गरिने स्विटजरल्यान्डको ओमन्स वर्लड समिट फाउन्डेसनले जनाएको छ ।

‘असोज १५ गते राति पुरस्कारका लागि आफू छनोट भएको मेल आयो, थाहा पाउँदा खुसीको सीमा नै रहेन ।’ भरतपुर स्याउलीबजारकी तुलसा ज्ञवालीले हर्षित हुँदै भन्नुभयो–‘यो सम्मानले समाजमा केही गरेको छु भन्ने महसुस भएको छ ।’

घरमा निस्कने फोहरलाई उहाँले अहिले घरमै प्रयोग गरेर कौसीमा तरकारी फलाउँदै आउनुभएको छ । सन् १९९४ मा स्थापना भएको उक्त पुरस्कारबाट हालसम्म विश्वका १३० देशका ४२२ जना महिला सम्मानित भइसकेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्