एमालेभित्र यसरी सल्किँदै छ भुसको आगो
एमाले भित्रको विवाद बाहिर हेर्दा मिलाएको जस्तो देखाइए पनि भित्र भित्रै भुसको आगो सल्किँदै गएको छ । आगो फैलिँदै जाँदा नेताहरु एकले अर्कोलाई नटेर्ने र नगन्ने सम्मको अवस्था पैदा भएको छ ।
अध्यक्ष केपी ओलीका कारण पार्टीको साख गिरेको र संविधान कार्यान्वयन हुन नसकी असफल हुन लागेको भन्दै माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, युवराज ज्ञवाली, घनश्याम भुसाल लगायतले ओलीलाई चेतावनी दिएको बुझिएको छ ।
ओलीका कारण पार्टीको साख नराम्ररी गिरेको भन्दै एमालेमा ओलीको विकल्प खोजिएको स्रोतको दावी छ । पछिल्लो पटक उपमहासचिव रहेका घनश्याम भुसालले ओलीको राजनीतिक प्रतिवेदन हावादारी र पूर्णत पूर्वाग्रही भएको भन्दै फरक मतसहितको प्रतिवेदन ल्याउनुभएको थियो ।
सो प्रतिवेदन माधव नेपालको योजनामा ल्याइएको भन्दै ओलीले नेपाल पक्षमाथि कटाक्ष गर्नुभएको थियो । पार्टीभित्र रहेर पार्टीकै साख गिराउनेहरुलाई कारवाही बाहेक अरु कुनै विकल्प नरहेको भन्दै ओलीले नेपालको सेखि झारेको बताइन्छ ।
ओलीले वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई असफल बनाउने नाममा अराजकताको खेती गरेको भन्दै नेपाल पक्षले योजनाबद्ध रुपमा कार्यक्रम अगाडि सारेपछि एमालेमा भुसको आगो दन्किएको हो ।
घनश्याम भुसालले फरक मत सहितको प्रतिवेदन ल्याउनुले पनि ओलीको पार्टी सत्तामा हमला भएको अर्थको रुपमा लिइएको छ । ओलीको अराजकताका कारण पार्टी जनमत कमजोर हुने अवस्थामा पुगेको भुसालको ठहर छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्