सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अदालतको म्याद छल्न बिदा थपे लोकमानले

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले थप १० दिन बिदामा बस्न निवेदन दिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसामु उहाँले घर बिदा ७ र भैपरी बिदा ३ दिनका लागि निवेदन दिनुभएको हो ।

यसअघि असोज ३ गते उहाँ क्यानडा भ्रमणमा निस्किनुभएको थियोे । त्यहाँ औपचारिक कार्यक्रम २ दिन मात्र भए पनि उहाँ स्वदेश फर्किनुभएको छैन । उहाँविरुद्धको मुद्दामा सर्वोच्च अदालतले शुक्रबार समेत म्याद तामेल गर्न सकेको छैन ।

बिदा मागको निवेदनमा उहाँले विशेष काराण केही नखुलाएको राष्ट्रपति कार्यालय शीतल निवास स्रोतले जानकारी गराएको छ । क्यानडा भ्रमणको कार्यक्रम भने यसअघि नै मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो ।

उक्त म्याद शुक्रबार सकिएकाले कार्कीले बिदाका लागि निवेदन दिनुभएको हो । कार्कीले सर्बोच्च म्याद तामेल छल्नलाई बिदाको बहाना बनाएको हुनसक्ने बताईएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्