सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दसैँमा नेपाली सेनाका निशुल्क बस ‘रुटसहित’

nepal-army-starting-free-bus

बडादसैँको उपलक्ष्यमा नेपाली सेनाले घर विदामा जाने सैनिक तथा उनीहरूको आश्रित परिवारका लागि आजदेखि निशुल्क बस सेवा सुरु गरेको छ । सेनाले आजदेखि असोज २३ गतेसम्म काठमाडौंबाट विभिन्न प्रमुख शहरहरुमा बस सेवा सञ्चालन गर्न लागेको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

काठमाण्डौबाट ईटहरी, हेटौँडा, दोलखा, रामेछाप, चौतारा, त्रिशुली, धादिङ्ग, बुटवल, पोखरा, धनगढी, र नारायणगढसम्म जाने र आउने गरी निःशुल्क बस सेवा सुरु गरिएको विज्ञप्तिमा जनाइएको छ । बसहरू सम्बन्धित स्थानबाट प्रत्येक दिनको बिहान छ बजे छुट्ने छन् । प्रति सैनिक बढीमा परिवारका ४ जनाले सुविधा लिन पाउने छन् ।

महानवमीदेखि एकादशीसम्म ३ दिन (आश्विन २४–२६) काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकोले सो दिनहरूमा सबैका लागी निशुल्क बससेवा सञ्चालन गर्ने विज्ञप्तीमा जनाईएको छ । सैनिक तथा गैह्र सैनिक व्यक्तिहरूको आवागमनमा सुविधा पु¥याउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन हुने सेनाले जनाएको छ ।

तीन दिन ८ वटा छुट्टा–छुट्टै रुटहरूमा प्रत्येक दिन बिहान छ बजे, ११ बजे र चार बजे भद्रकालीबाट ३० सिट क्षमताको १–१ वटा बस निःशुल्क संचालन गर्ने व्यवस्था मिलाएको निर्देशनालयले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्