सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

विकसित मध्येका सबैभन्दा भ्रष्ट १० राष्ट्रहरु

Orchestrating a New Concert of Powers

गरिव र अविकसित मात्र होईन भ्रष्टाचारको विषय दुनियाका विकसित देशका लागि पनि टाउको दुखाइको विषय बनिरहेको छ । अविकसित देशका लागी भ्रष्टाचार गरिबी र पछौटेपनको मुल कारण बनिरहेको छ ।

विश्वमा केही यस्ता देश छन, जहाँ भ्रष्टाचारका कारण देशको अर्थतन्त्रमा ठुलो क्षति पुगिरहेको छ । भ्रष्टाचारले विकसित राष्ट्रहरुलाई पनि पिरोलेको छ । वल्र्ड इकोनोमिक फोरमले विश्वका विकशित देशहरुमध्ये सबैभन्दा धेरै १० ओटा भ्रष्ट देशहरुको सुचि सार्वजनिक गरेको छ ।

डब्लुइएफ ले १४१ देशका १५ हजार अग्रणी व्यवसायीहरुसँग गरेको कुराकानीका आधारमा दुनियाका विकशित देशमध्ये सबैभन्दा भ्रष्ट देश तय गरेको हो । सर्भेका क्रममा फोरमले घुसखोरी, देशको नैतिक मापदण्ड, गलत तरिकाले कोष जम्मा गर्ने जस्ता विभिन्न क्रियाकलापलाई आधार बनाएको थियो ।

भ्रष्टाचारको सघनताका आधारमा देशहरुलाई १ देखि ७ अंक दिइएको थियो । जस अनुसार १ अंक पाउने देश सबैभन्दा भ्रष्ट तथा ७ अंक पाउने देशमा सबैभन्दा कम भ्रष्टाचार हुने गरेको छ ।

वल्र्ड इकोनोमिक फोरमका अनुसार विश्वका सबैभन्दा भ्रष्ट १० विकसित देशहरु यी हुन्;

१. मेक्सिकोः मध्य अमेरिकी देश मेक्सिको दुनियाको सबैभन्दा भ्रष्ट देश बनेको छ । भ्रष्टाचार सूचकांकमा यो देशले २.५ अंक पाएको छ । मेक्सिकोमा संगठित अपराध सबैभन्दा धेरै पाइएको छ । त्यहाँ घुसखोरीका विभिन्न चर्चित मामिलाहरु सार्वजनिक हुने गरेका छन् । घुसखोरी, मिडियाको दुरुपयोग तथा अपराधका कारण मेक्सिकोको अर्थतन्त्रमा ठुलो क्षति पुगेको ठहर डब्लुइएफको छ ।

२. स्लोभाकियाः मध्य युरोपेली देश स्लोभाकिया विश्वको दोश्रो भ्रष्ट देश बनेको छ । यसले सूचकांकमा २.७ अंक पाएको छ । स्लोभाकियामा राजनीतिक भ्रष्टाचार सबैभन्दा धेरै छ । सन् २०११ मा त्यहाँ भएको गोरिल्ला काण्डमा राजनीतिज्ञ तथा व्यवसायी सबै मुछिएका थिए र त्यसले देशको अर्थतन्त्रलाई तहस नहस बनाइदिएको थियो । त्यसमा अरबौँ रुपैया भ्रष्टाचार भएको थियो ।

३. इटालीः युरोपेली देश इटाली दुनियाको तेश्रो भ्रष्ट देश हो । इटालीको भ्रष्टाचार सूचकांक ३.१ छ । राजनीतिक भ्रष्टाचार इटालीको सबैभन्दा ठुलो समस्याको रुपमा रहेको छ । राजनीतिक दलहरु सबैभन्दा भ्रष्ट छन् ।

४. हंगेरीः वल्र्ड इकोनोमिक फोरमका अनुसार हंगेरी विश्वको चौथो भ्रष्ट देश हो । यसको भ्रष्टाचार सूचकांक ३.१ छ ।

५. ग्रिसः वल्र्ड इकोनोमिक फोरमका अनुसार ग्रिस भ्रष्टाचारको मामिलामा पाँचौ स्थानमा छ । भ्रष्टाचार सूचकांक ३.२ रहेको छ । ९० प्रतिशत ग्रिकहरु आफ्ना नेता भ्रष्ट रहेको ठान्छन् । राजनीतिक भ्रष्टाचारको अलावा कर छली ग्रिसको ठूलो समस्याको रुपमा रहेको छ ।

६. चेक गणतन्त्रः युरोपेली देश चेक छेठौँ भ्रष्ट देश हो । पछिल्लो दशकमा चेकमा भ्रष्टाचार तिव्र रुपमा बढेको छ । प्रधानमन्त्री स्वयंले भ्रष्टाचार काण्डमा फसेर पद छाड्नुपरेको थियो ।

७. स्पेनः सातौँ नम्बरमा रहेको स्पेनले भ्रष्टाचार सूचकांकमा ३.४ अंक पाएको छ । घुसखोरी तथा पैसाको लेनदेनले देशको अर्थ व्यवस्थामा ठूलो नोक्सानी पूर्याएको छ ।

८. लाट्भियाः युरोपेली देश लाट्भिया ८ औँ नम्बरमा छ । लाट्भियामा राजनीतिक तथा व्यवसायिक क्षेत्रमा भ्रष्टाचार व्याप्त छ । त्यहाँको राष्ट्र बैंकका अध्यक्षमाथि समेत भ्रष्टाचारको भुद्दा चलिरहेको छ ।

९.दक्षिण कोरियाः दक्षिण कोरिया नवौँ भ्रष्ट मुलुक हो भन्दा पत्यार नलाग्न सक्छ । तर दक्षिण कोरियाका सरकारी कर्मचारी, पत्रकार तथा शिक्षकहरु निकै भ्रष्ट रहेको पाइएको छ । त्यहाँको भ्रष्टाचार सूचकांक ३.५ छ ।

०. पोल्याण्डः पोल्याण्ड विश्वको दशौँ भ्रष्ट देशको रुपमा रहेको छ । यसको भ्रष्टाचार सूचकांक ३.७ रहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्