जापानमा बम बिस्फोट, एक जनाको मृत्यु
जापानको उत्सुनोमिया शहरमा आइतबार श्रृंखलाबद्ध बिस्फोट भएका छन् । बिस्फोटमा परी एक जनाको ज्यान गएको र तीन जना घाइते भएको सञ्चारमाध्यमले जनाएका छन ।
राजधानी टोकियोबाट ६० माइल टाढा रहेको सो शहरमा एउटा मेला चलिरहेको बेला स्थानीय समय अनुसार बिहान साढे ११ बजे पार्किङमा बिस्फोट भएको हो ।
लगातार तीनवटा बिस्फोट भएको थियो । घरमा, कार पार्किङमा र साइकल पार्किङस्थलमा बिस्फोट भएको बताइएको छ । कसले किन बिस्फोट गराएको हो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्