झापाका बिष्णुको मलेशिया गएको भोलीपल्टै मृत्यु
रोजगारीको शिलशिलामा मलेसिया गएका एक नेपालीको गएको भोलि पल्टै मृत्यु भएको छ । विदामा तीन महिना घरमा बसेर शनिवार मात्र मलेसिया पुगेका झापाको शिवसताक्षि–५ का विष्णु रोकायाको आइतबार ज्यान गएको हो ।
आइतबार दिउँसो छाती दुख्यो भनेपछि कम्पनी मालिकले उनलाई स्थानीय अस्पतालमा पु¥याएको बताईएको छ । रोकायाको उपचारकै क्रममा राति करीब दश बजे अस्पतालमा नै मृत्यु भएको हो ।
क्वालालाम्पुरको कोतारायमा रहेको एक किराना तथा सब्जी पसलमा कार्यरत रोकाया करीब १२ वर्षदेखि मलेसियामा कार्यरत थिए । नेपालमा पनि उनी विरामी भएको र विराटनगरमा रहेको एक अस्पतालमा उपचार गराएर मलेसिया गएको परिवारले जानकारी दिएका छन ।
शवलाई चेरासमा रहेको केएमसी अस्पतालमा राखिएको छ । शवलाई नेपाल पठाउने तयारी भैरहेको छ । मृतक रोकायाका श्रीमती, एक छोरा र एक छोरी छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्