सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रेमको परिभाषाः प्रेम भन्दा पहिले समर्पण

sexual-interest-dabauda-jyanlai-befaida

समयसंगै प्रेमका परिभाषाहरु पनि बदलिँदै गएका छन् । जिन्दगीभर एकअर्कालाई साथ दिने प्रेमको परिभाषा अब अनौठो मान्नुपर्ने बेला आएको छ । जीबन शैलीसँगै प्रेम सम्बन्ध टुट्ने दर पनि निकै बढिरहेका छन् । आधुनिकतासँगै प्रेम तथा यौन सम्बन्ध आजकल क्षणभरमै हुन्छन । यसमा सामाजिक सञ्जालको ठूलो हात देखिन्छ ।

आजभोली सम्बन्ध भन्ने कुरा एक पलमै जोडिन्छ र एक पलमै टुट्छ । बाहिरबाट सम्बन्ध जति नै बलियो तथा प्रेमील देखिए पनि भित्रभित्रै खोक्रो हुन्छ । प्रेम सम्बन्ध आजकल आत्मीयता तथा साँचो प्रेममा भन्दा पनि शारीरिक आकर्षणमा केन्द्रित हुन्छ ।

आजकल कुराकानी गर्ने माध्यम बदलिएको छ । सामाजिक सञ्जाल, मोबाइल म्यासेज, ह्वाट्सएप तथा इमेलको माध्यमबाट कुराकानी गर्दा आफ्नो हृदयको भावना राम्रोसँग व्यक्त नै हुन पाउँदैन । प्रत्यक्ष कुराकानीको साटो अनलाईन सम्वादले आधुनिक सम्बन्धमा जरा गाडेको छ । जसले सम्बन्धलाई खुकुलो तथा हल्का बनाउने गरेको छ ।

आजकल मानिसहरु सम्बन्धमा जोडिनु अघि आफ्नो लुक्स परिवर्तन गर्छन् जसका कारण आफ्नो हुनेवाला पार्टनरलाई आकषिर्त गर्न सकियोस । त्यस्तै देख्नमा पनि सुन्दर पार्टनर नै छान्ने चलन चलेको छ ।

अर्को कुरा नयाँ पुस्ताका युवायुवतीमा प्रेम भन्दा पहिले नै समर्पण हुनेगरेको छ । यदि तपाइँको सम्बन्ध प्रेममा होइन वासनामा टिकेको हुन्छ भने सम्बन्ध धेरै दिनसम्म रहँदैन । प्रेमभन्दा पहिले नै आफुलाई समर्पित गर्ने काम नगर्नुस् ।

सोसल मिडियाले तपाइँको सम्बन्धलाई बिगार्न सक्छ । गोप्य रुपमा कुनै अन्जान मानिससँग च्याट गर्नु, आफ्नो पार्टनरको व्यक्तिगत म्यासेज पढ्नु तथा पोष्ट गरेका तस्वीरमा गरिएका कमेन्ट पढेर गलत अर्थ लगाउनु आदिले सम्बन्धलाई टुटाउन सक्छ ।

अहिले सम्बन्धमा हरेक चिज सेक्समै जोडिन थालेको छ । वन नाइट स्टे, सेक्स डेट तथा पार्टनर एक्सचेन्ज जस्ता चलनहरु आजकल सामान्य बन्न थालेका छन् । के तपाइँको सम्बन्ध पनि आपसी विश्वासमा भन्दा सेक्समा टिकेको छ ? यदि त्यसो हो भने तपाईको सम्बन्ध कुनै पनि बेला टुट्न सक्दछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्