सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारतको दुई हजारको नयाँ नोटमा नेपाली भाषा

indian-currency-2000

भारतले कालो धन नियन्त्रण र नक्कली नोटको कारोबार अन्त्य गर्न एक हजार र पाँच सयका नोटमा प्रतिवन्ध लगाएपछी त्यसको साटो दुई हजारको नयाँ नोट ल्याउने तयारी गरेको छ । भारत सरकारले ल्याउन लागेको दुई हजारको नयाँ नोटमा नेपाली भाषाको समेत प्रयोग गरिएको छ ।

भारतले ल्याउन लागेको दुई हजारको नयाँ नोटका बिषयमा भारतमा सर्वसाधारण देखी उच्च तहसम्म चासो र चर्चा हुन थालेको छ । भारत सरकारले ल्याउन लागेको दुई हजारको नयाँ नोटका बिषयमा नेपालमा पनि चर्चा हुन थालेको छ ।

भारतमा २ हजार भारुको नयाँ नोटमा प्रयोग भएको देवनागरी शब्दलाई लिएर गल्ती रहेको भन्दै चर्चा भएको हो । नोटको पछिल्लो भागमा १५ भाषामा लेखिएको छ, जसमा दुई हजार रुपैयाँ पनि लेखिएको छ । एउटै कुरा दुई ठाउँमा लेखिएको र यो गल्ती भएको भन्दै न्यूज पोर्टल सत्याग्रहले लेखेपछि यसले धेरैको ध्यान तानेको छ ।

यथार्थमा यो गल्ती नभएको थाहा भएको छ । द क्वीजका अनुसार नयाँ नोटमा भारतमा बोलिने प्रमुख भाषाहरु राखिएको छ । जसमा नेपाली भाषा पनि परेको हो । भारतमा नेपाली भाषी नागरिकहरु छन् । भारतको संविधानको अनुसूचिमा समेत नेपाली भाषा उल्लेख गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्