सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अन्डरवल्र्ड डन दाउदको १५ हजार करोड कब्जा

संयुक्त अरव ईमिरेट्सको सरकारले भारतीय मुलका अन्डरर्वल्ड डन दाउद इब्राहिमको १५ हजार करोड बरावरको सम्पती कब्जा गर्ने निर्णय गरेको छ । युएई सरकारले यो निर्णयलाई दाउदमाथीको सबैभन्दा ठुलो कारबाहि भनेको छ ।

स्थानीय संचार माध्यमहरुले उल्लेख गरे अनुसार त्यहाँको सरकारले सयुक्त अरव इमिरेटसमा रहेको दाउद इब्राहिमको सेयर लगायत अन्य सम्पतीहरु कब्जा गरेको बताएको छ ।

संचार माध्यमका अनुसार भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले त्यहाँका सरकारी अधिकारीहरुलाई दाउद इब्राहिम बिरुद्ध कडा कदम चाल्न आग्रह गरे लगत्तै सरकारले यस्तो ठुलो निर्णय गरेको हो ।

पछिल्लो चोटी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुवई भ्रमणमा पुगेका बेला दाउद इब्राहिमको सम्पती बारे कुराकानी भएपछि संयुक्त अरब इमिरेट्सले यस्तो कदम चालेको बताइएको छ ।

बम्वईमा भएको सन १९९३ को बम आक्रमणका मुख्य योजनाकार मानिने दाउद भारतको मोष्ट वान्टेड लिष्टमा छन् । उक्त आक्रमणमा २ सय ५७ जनाको मृत्य भएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्