सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

लगेजमा युवक तस्करी गर्ने युवती फन्दामा

एक अफ्रिकी किशोरलाई सुटकेसमा हालेर तस्करी गर्न खोज्ने एक युवतीलाई स्पेनको सीमामा पुलिसले पक्राउ गरेको छ । प्रहरीले २२ वर्षीया ती महिलालाई गत हप्ता मोरोक्कोबाट सिउटा सीमा पार गर्ने कोसिस गरिरहेका बेला पक्राउ गरेको हो ।

प्रहरीले ग्याबोनका एक १९ वर्षीय प्रवासी सुटकेसमा लुकाइएको अवस्थामा भेटाएको थियो । सुटकेसमा कोचेका कारण अक्सिजनको कमी भएका किशोरलाई तत्काल स्वास्थ्यसेवा दिइएको स्पेनका सिभिल गार्डले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन ।

ती महिलाले आफ्नो लगेज ट्रलीको सबैभन्दा माथि राखेको देखेपछि बोर्डर कन्ट्रोलले उनीमाथि शंका गरेको बताइएको छ । स्पेनी अधिकारीका अनुसार एजेन्टले सोधपुछ गर्दा ती महिला निकै आत्तिएको र हड्बडाएकी थिइन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्