भगवान शिवलाई पाउन युवतीले आफैलाई जलाईन
‘म शिवभक्त हुँ । यो जन्ममा शिवलाई पाउन सकिनँ । हे, माता पार्वती मैले अर्को जन्ममा भगवान शिवलाई प्राप्त गर्न सकूँ भनी आशिर्वाद दिनुहोस् ।’
सुसाइड नोटमा यस्तै लेखेर स्नातकोत्तर अन्तिम वर्षमा अध्ययनरत भारतकी २५ वर्षीया अनिषा शर्माले आत्मदाह गरेकी छिन । शुक्रबार बेलुकी अनिषाले मन्दिर परिसरको स्नानघरमा मट्टीतेल खन्याएर आफूलाई जलाएकी हुन ।
प्रत्यक्षदर्शीले जानकारी गराएपछी स्थानीय प्रहरीले घटनास्थलमा पुगेर छानबिन सुरु गरेको छ । पुलिसले घटनास्थलमा ती युवतीले लेखेको सुसाइड नोट पनि भेटेको छ ।
युवतीका परिवारले यस विषयमा कुनै पनि प्रतिक्रिया दिन अस्विकार गरेका छन् । युवतीका परिवारले पुलिसमा समेत यसबारेमा जानकारी दिन नचाहेको भारतीय संचार माध्यमले जनाएका छन ।
पाँच बहिनी र एक भाइ भएको परिवारमा अनिषा जेठी सन्तान थिइन् । आत्मदाह गर्नुपूर्व उनले शिव मन्दिर आसपासका सबै भगवानको दर्शन गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
त्यसको केही समयपछि स्नान घरबाट आगो निस्किरहेको देखेपछि मन्दिर परिसरमा भएकाहरु घटनास्थलमा पुग्दा अनिषाको शव डढेको अवस्थामा भेटिएको थियो ।
स्थानीयले संचार माध्यमलाई बताए अनुसार अनिषा विगत थुप्रै वर्षदेखि डिप्रेशनको सिकार थिईन । उनको उपचार भईरहेको थियो । पढाईमा अब्बल अनिषाको उपचारसंगै झारफुक पनि भईरहेको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्