सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अर्घाखाँची महोत्सवमा ढुंगामुढा, उर्जामन्त्री प्रहरी स्कर्टीङ्गमा

उर्जामन्त्री जनार्दन शर्मा सहभागी अर्घाखाँची महोत्सवमा ढुंगामुढा भएको छ । अर्घाखाँचीका पुर्व सभासद डिलाराम आचार्यले ५ नम्बर प्रदेशबाट अर्घाखाँची टुक्राएर केही फरक नपर्ने बताएपछी महोत्सवमा सहभागी दर्शकहरुले मंचमा ढुंगामुढा गरेका थिए ।

पुर्वसभासद डिलाराम आचार्यले–‘देश पो टुक्राउन भएन, जिल्ला टुक्राउँदा केही फरक पर्दैन । यो जमिन कहाँ गएको छ र ?’ भनेपछी अर्घाखाँची महोत्सवमा सहभागी दर्शकहरुले मंचमा ढुंगामुढा गरी बिरोध जनाएका थिए । मंचमा ढुंगामुढा प्रहार भएपछी महोत्सवस्थल तनावग्रस्त बनेको थियो ।

महोत्वसवको उदघाटन गरेका प्रमुख अतिथि उर्जा मन्त्री जनार्दन शर्मा प्रभाकरलाई प्रहरीले कडा सुरक्षा गरी ढुंगामुढा हुनबाट बचाएको थियो । मंच तनावग्रस्त बनेपछी व्यापक रुपमा प्रहरी परिचालन गरिएको थियो । प्रदर्शनकारीले पुर्वसभासद डिलाराम आचार्यलाई अर्घाखाँची प्रवेश गर्न नदिने भन्दै आक्रोस व्यक्त गरेका छन ।

महोत्सवस्थल तनावग्रस्त बनेपनि चोटपटक भने कसैलाई लागेको छैन । तनाव सिर्जना भएपछी महोत्सवको उद्घाटन कार्यक्रम सबै रद्द भएको छ । जिल्ला टुक्राउँदैमा केही फरक पर्दैन भन्ने पुर्व सभासद डिलाराम आचार्यलाई प्रहरीले स्कर्टीङ्ग गरी सुरक्षित स्थानतर्फ लगेको छ ।

प्रमुख अतिथिका रुपमा महोत्सव उद्घाटन गर्न पुगेका उर्जामन्त्री शर्मा भाषण नै नगरी प्रहरीको स्कर्टीङ्गमा फिर्ता भएका छन । आक्रोसीत भिडले पाँच नम्बर प्रदेशबाट अर्घाखाँची टुक्राउने विषयको व्यापक विरोध गरेका छन् ।

स्रोतः फोटो, भिडियो सबै सहयोगी विसीको फेसबुक टाइमलाईनबाट लिईएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्