सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

जापानबाट श्रीमानको शव झिकाउन भौँतारीँदै

जापानमा रहेको श्रीमानको शव नेपाल झिकाउन गरिएका सबै प्रयास असफल भएपछि मिरुल–३ रोल्पाकी प्रेमकुमारी घर्तिमगर सदरमुकाम लिवाङमा सहयोगका लागी हारगुहार गरिरहेकी छिन । प्रेमकुमारीका श्रीमान शिवराज रोकामगरको गत असोज २ गते जापानमा मृत्यु भएको थियो ।

श्रीमान शिवराज रोकामगरको शव नेपाल झिकाउन परराष्ट्र मन्त्रालय तथा विभिन्न राजनीतिक दलका नेतालाई गरिएको पहल सफल हुन नसके पछि डेढ वर्षकी नाबालिका छोरीलाई काखीमा च्यापेर शव झिकाउन आग्रह गर्दै हिँडिरहेकी छिन ।

२०७१ साल माघमा विद्यार्थी भिसाबाट जापान पुगेका रोकामगर गत असोज २ गते राति आफ्नै ओछ्यानमा मृत भेटिएका थिए । रोका जापानको फुकुसिमा कलेजमा अध्ययन गरिरहेका थिए ।

विपन्न परिवारका रोका जापान आउँदा रु. १६ लाख ऋण गरेर आएको उनको परिवारले जनाएको छ । हाल जापान स्थित एक अस्पतालमा दैनिक १५ हजार नेपाली रुपैयाँ तिर्ने गरी लास राखिएको मृतककी श्रीमती घर्तीले बताएकी छिन ।

लास नेपाल लैजान परराष्ट्र मन्त्रालयलाई आग्रह गरिएको भए पनि परराष्ट्रले खासै चासो नदेखाएको प्रेमकुमारीले बताएकी छिन । विद्यार्थी भिसामा विदेश गएकालाई कुनै प्रकारको सहयोग गर्न नसकिने परराष्ट्र मन्त्रालयको जवाफले झन पीडा थपिएको प्रेमकुमारीको दुखेसो छ ।

प्रेमकुमारी घर्तीले भनिन–‘बेवारिसे बनेको लास ल्याउन केन्द्रीय स्तरका नेतालाई पनि हारगुहार ग¥याँै, कसैले सुनेनन ।’ मृत्यु हुनु अघिल्लो दिन दाईसँग घरायसी कुराकानी समेत भएको मृतककी बहिनी राजकुमारी रोकाले बताइन् ।

उनले दाईको लास यथाशीघ्र नेपाल ल्याउने व्यवस्था मिलाइदिन देश–विदेशमा रहेका नेपालीसँग आग्रह गरेकी छिन । लास नेपाल लैजान नपाउँदा मृतकका परिवारले अन्तिम संस्कार समेत गर्न पाएका छैनन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS