मलेसियामा अबैध कामदारलाई अस्थायी ‘वर्कपास’
मलेसियामा कार्यरत गैह्रकानुनी विदेशी कामदारका लागि त्यहाँको सरकारले अस्थायी ‘वर्कपास’ दिने घोषणा गरेको छ । मलेसीया सरकारको यो घोषणाले अवैधानिक रुपमा मलेसियामा रहेका हजारौं नेपाली कामदारलाई पनि राहत मिल्ने भएको छ ।
उद्योग तथा कम्पनीहरुमा कामदारहरुको अभाव भई नियमित संचालन गनै समस्या परेको गुनासो बढेपछी त्यहाँको सरकारले अवैधानिक कामदारलाई अस्थायी श्रम अनुमति दिन लागेको हो ।
मलेसियामा अवैधानिक रुपमा रहेका कामदारले अब कुनै दण्ड तथा जरिवाना बिना थप केही समय वैधानिक बनेर काम गर्न पाउनेछन । मलेसियाका उपप्रधानमन्त्री डा. हमिदीले अध्यागमन विभागले अस्थायी वर्क पास जारी गर्ने बताएका छन ।
मलेसिया सरकारले उठाउने गरेको लेबी भने वर्कपास लिएकाहरुसँग पनि उठाइनेछ । यसलाई अहिलेकै सामान्य प्रक्रियाबाटै जारी गर्ने उपप्रधानमन्त्री हमिदिको भनाइ छ ।
हमिदिका अनुसार महान्याधिवक्ताको कार्यालयले एउटा वैधानिक मार्ग र प्रक्रिया निर्धारण गरेपछि अस्थायी वर्क पर्मिट दिने काम सुरु हुनेछ । मलेसिया सरकारले तत्काललाई ४ वटा क्षेत्रमा विदेशी कामदार लिन सुरु गर्ने निर्णय पनि गरेको छ ।
कामदारको अत्यधिक अभाव देखिएका खानी उत्खनन, कृषि, टुरिजम तथा हस्पीटालिटी, कार्गो ह्याण्डिङ क्षेत्रमा मलेसियाले थप विदेशी कामदार लिने भएको हो । मलेसियाले लामो समयदेखि विदेशी कामदार लिन बन्द गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्