ट्रम्पले गरे शरणार्थी र मुश्लिमलाई अमेरिका निषेध
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आगमनसँगै अमेरीकी नीती नियममा व्यापक परीवर्तन आएको छ । ट्रम्पले राष्ट्रपति चुनावका दौरान घोषणा गरेका मुद्दाहरु एकपछी अर्को गर्दै कार्यान्वयन गर्न आरम्भ गरेका छन् ।
उनले मेक्सिको र अमेरीकी सिमानामा पर्खाल लगाउने सम्बन्धी फाईलमा यसअघि नै हस्ताक्षर गरिसकेका छन । यसै बिषयमा मेक्सिकोसँग बिबाद समेत सुरु भएको छ । यसैगरी राष्ट्रपति ट्रम्पले ओवामाले नियुक्त गरेका राजदुतहरुलाई फिर्ता बोलाएका छन । उनले २० जनवरीको १२ बजेसम्म कार्यालय छाडीसक्नुपर्ने आदेश दिएका थिए ।
चुनावताका उठाईएको सबैभन्दा महत्वपुर्ण विषय शरणार्थी मुद्दालाई उनले औपचारीक रुपमा कार्यान्वयन गरेका छन । उनले सबै शरणार्थी र विश्वका सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेश निषेध गरेका छन । शुक्रबार उनले इस्लामिक आतंकवादीलाई अमेरिकाबाट बाहिर राख्ने भन्दै प्रवेश रोक आदेशमा हस्ताक्षर गरेका छन् ।
उनले अमेरिकामा इस्लामिक आतंकवादीलाई ‘हेर्न नचाहेको’ टिप्पणी पनि गरेका छन । उनले भने–‘जो हाम्रा सैनिकहरुसँग विदेशमा लडाइँ गरिरहेका छन, उनीहरु हाम्रो देशमा नआऊन् भन्ने हामी सुनिश्चित गर्न चाहन्छौं । हाम्रा जनतासँग प्रेम गर्ने र हामीलाई सहयोग गर्नेलाई मात्र हाम्रो देशमा आउन दिनेछौं ।’
उनले सन् २००९ सेप्टेम्बर ११ मा पेन्टागन हमलामा मारिएकाहरुलाई कहिल्यै भुल्न नसक्ने भन्दै उनीहरुको सम्मानमा कुरा मात्र हैन काम गरेर देखाउनुपर्ने बताएका छन । उनको यो कदम यसैका लागि भएको पनि उनले स्पस्ट पारेका छन् ।
जबसम्म कुन कुन देशका शरणार्थी भनेर तोक्दैन, यो आदेशले अमेरिकी शरणार्थी कार्यक्रमलाई १२० दिनसम्म निलम्बित गर्नेछ । यो आदेशका कारण इराक, सिरीया, इरान, सुडान, लिबिया, सोमालिया र यमनका सबै नागरिकलाई ३० दिनसम्म अमेरिका प्रवेश गर्न पाउने छैनन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्