गायीका ज्योती मगरले दुईओटा विवाह गरेको खुलासा
‘अविवाहित हुँ तर कमारी छैन ।’, ‘राम्रो केटा भेटियो भने विवाह गर्ने सोचाईमा छु ।’ अन्र्तवार्तामा प्राय; जसो यसै भन्ने गरेकी गायीका ज्योती मगरले दुईवटा विवाह गरिसकेको रहस्य खुल्न आएको छ । उनले पहिलो विवाह अछाममा र दोस्रो रुकुममा गरेको प्रमाण फेला परेको छ ।
गायीका मगरले आजभन्दा झण्डै १० बर्ष अगाडी अछामको वलिगाउँ घर भएका माधव रावलसँग काठमाडौं कोटेश्वरको मन्दिरमा विवाह गरेकी थिईन । एउटा भेटपछि प्रेममा परेका रावल र मगरले कोटेश्वर मन्दिरमा विवाह गरेका थिए ।
विवाहपछि मगर रावलसँगै उनको जन्मघर अछाम समेत दई पटक पुगेकी थिइन । सुरुमा सम्बन्ध राम्रै थियो तर पछि गायीका मगर गीतसँगै कार्यक्रममा व्यस्त रहेपछि शंकाले सम्बन्ध विग्रीएको उनी निकटले बताएका छन ।
विवाहपछि कोटेश्वरमा छुट्टै बसिरहेका रावल र मगरबीच शंकाका कारण नै झगडा पर्न थालेपछि गायीका मगर कार्यक्रममा विदेश गएका बेला रावलले कोठा छाडेका थिए । त्यसपछि एक्लीएकी मगरले केही महिना पछि रावलसँग सम्बन्ध तोडेकी थिइन ।
रावल अहिले एउटा प्रतिष्ठित बैंकका जागिरे हुन । उनले अर्को विवाह गरिसकेका छन । त्यसको केही महिना पछि मगरले रुकुम घर भएका प्रेम बुढासँग विवाह गरेकी थिइन । विवाहपछि उनीहरु काठमाण्डौको बल्खुमा बस्ने गरेका थिए ।
दोस्रो श्रीमानसँग पनि सुरुमा सम्बन्ध राम्रो भएपनि बुढाले ज्योतीको कार्यक्रम प्रस्ततीमा चासो राख्न थालेपछि सम्बन्ध विग्रीएको थियो । पछि उनीहरु अलग बस्न थालेका थिए । अहिले गायीका मगरले आफुलाई अविवाहित भएको बताउने गरेकी छिन ।
गायीका मगरको चर्चा गीत भन्दा पनि उनको पहिरनबाट हुने गरेको छ । सम्भवत; उनी सबैभन्दा धेरै विवादित लोकगायिका हुन । लोकगायिका भएर अस्वभाविक लुगा लगाएको भन्दै उनको आलोचना हने गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्