सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

डरलाग्दो अपराध, जो सुत्थे प्रेमिकाको चिहानमाथि

आफ्नै आमाबुवा र प्रेमिका आकांक्षा मर्डर केसका आरोपी भारतस्थित भोपालका उदयन दासका आकांक्षा बाहेक अन्य ११ जना प्रेमिका भएको खुलासा भएको छ । यति मात्र नभई उनले आफ्नो नामबाट १ सय १० वटा फेसबुक एकाउन्ट समेत बनाएको खुल्न आएको छ, जसको प्रयोग उनले महिलालाई फसाउनका लागि गर्दथे ।

आरोपी ३२ वर्षीय उदयनले सोधपुछका क्रममा पुलीससँग एक दर्जन प्रेमिका भएको रहस्योद्घाटन गरेका छन् । पुलिसले ती अन्य ११ प्रेमिका को हुन् ? कहाँ छन् भनी आरोपीको कल डिटेल मार्फत खोजी गर्न सुरु गरेको बताएको छ । उदयन उनै व्यक्ति हुन, जसले आफ्नै आमाबुवालाई मारेर गाडेका थिए र आफन्तलाई रोगले मरेको बताएका थिए ।

इन्जिनियरिङमा दुई पटक फेल भइसकेका उदयनले महिलालाई आफ्नो जालमा फसाउनका लागि १ सय १० वटा फर्जी फेसबुक एकाउन्ट प्रयोग गर्ने गरेको पुलिसले पत्ता लगाएको छ । उनले धेरैजसो खाता रेयान, करण ग्रोवर, राजिव र अंजलीको नामबाट चलाएका थिए । उदयनले यीनै खातामार्फत उनी महिलासँग नजिक हुन्थे ।

उदयनले हत्या गरेकी उनकी प्रेमीका आकांक्षासँग पनि उनको पहिलो भेट फेसबुकमा नै भएको थियो । उदयनले आकांक्षाको अरु नै कसैसँग सम्बन्ध रहेको शंकामा हत्या गरेको वयान दिएका छन । उदयनले आकांक्षाले एक पुरुष साथीसँग दैनिक जसो फोनमा कुरा गर्ने गरेको बताएका छन । अन्य पुरुषसँग बसेर फोटो खिचेको पाएपछी हत्या गरिदिएको उनले स्विकार गरेका छन ।

भोपालको साकेत नगरका ३२ वर्षीय उदयन दासलाई पश्चिम बंगाल पुलिसले आकांक्षा (२८) को अपहरणको आरोपमा पक्राउ गर्दा हत्याको चकित पारिदिने वास्तविकता सार्वजनिक भएको थियो । जव पुलीसले उनलाई अपहरण आरोपमा पक्राउ गर्यो उनले आकांक्षाको हत्या सन् २०१६ को जुलाईमा नै गरिदिएको बताए ।

झन आश्चर्यजनक त यो थियो कि, राती १० बजे पुलिसले आकांक्षाको शब निकाल्न ज्याक हम्बर ड्रिल मेसिन बोलायो । त्यो मेसिन नै भाँच्चियो । त्यसपछि राती ११ बजे अर्को मेसिन बोलाउनु पर्यो । शवलाई यति बलियो र गोप्य ढङ्गले राखिएको थियो कि उनको शव राखिएको ठाउँ १० बोरा सिमेन्टले बनाइएको थियो । पुलिसका अनुसार जुन ठाउँमा शव राखिएको थियो त्यहाँ उदयनले ओछ्यान लगाएर सुत्ने समेत गर्दथे ।

आरोपी उदयन दासको कोठाबाट पुलिसले अंग्रेजी फिल्मका २५ सय सिडी बरामद गरेको छ । उनी धेरैजसो अंग्रेजी फिल्म हेर्ने गरेको बताइएको छ । पुलिसको सोधपुछ पश्चात पत्ता लागे अनुसार आकांक्षाको हत्या गर्ने सोच पनि अमेरिकी फिल्म हेरेर नै आएको उदयनले बताएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्