सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आज टिकाटालो हिँजो बलत्कार, भिडियो समेत बनाईयो

कपिलवस्तु पकडी क्षेत्रमा विवाहका लागि टीकाटालो गर्ने तयारीमा रहेकी एक युवतीलाई सामूहिक बलात्कार गरिएको छ । बलात्कारमा संलग्न व्यक्तिले बलात्कार गर्दै गरेको भिडियो खिची इन्टरनेटमा अपलोडसमेत गरेको पाइएको छ ।

टीकाटालोको एक दिनअघि १७ वर्षीया ती युवतीलाई खेतमा लगी सामूहिक बलात्कार गरिएको हो । आज सोमबार उनको बिहेको टीकाटालो हुँदै थियो ।

लुम्बिनी अञ्चलका एसएसपी दिपक थापाले सो घटनामा ६ जना युवाको सहभागिता रहेको भन्दै दुई जनालाई पक्राउ गरिएको जानकारी दिएका छन । पक्राउ पर्नेमा पकडी क्षेत्रका राहत हुसैन र अब्दुल रसिद छन् ।

बलत्कारमा संलग्न अन्यको खोजी भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई जबरजस्ती करणी मुद्दा अन्र्तगत अनुसन्धान भइरहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्