सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बोक्सीको आरोपमा आमाछोरीलाई अर्धनग्न पारी कुटपिट

बोक्सी आरोपमा रुपन्देहीमा दुई महिलालाई अर्धनग्न बनाएर कुटपिट गरिएको छ । बोक्सीको आरोपमा छिमेकीले एकैघरका आमा छोरीलाई कुटेका हुन ।

सुर्यपुरा गाविस–७ क्षत्रापुरा बस्ने ५८ बर्षीय माल्ती केवट र उनकी छोरी आरती केवटमाथि कुटपिट भएको हो । छोरा बुहारीलाई बोक्सी लगाएको आरोपमा छिमेकीबाट उनीहरु कुटिएका हुन् ।

आफ्ना छोरा बुहारीलाई बोक्सी लगाएको भन्दै छिमेकी रामनयन लोध, उनका छोरा विनोद लोध र साला नाता पर्ने युवा सहितले दुई महिलामाथि कुटपिट गरेका हुन् । उनीहरुले शनिबार राती घर घेरा हालेर कुटेको पीडित माल्ती केवटले बताएकी छिन ।

आमालाई कुटपिट गरेपछि बचाउन पुगेकी छोरीलाई पनि उनीहरुले कुटेका थिए । कुटपिटको क्रममा अर्धनग्न बनाएको छोरी आरतीले बताएकी छिन ।

आरतीले भनिन्–‘कपडा च्यातिदिए, रगत बगुन्जेल कुटिरहे, प्रहरी आएपछि बल्ल छाडे ।’ प्रहरीले नियन्त्रणमा लिएर उनीहरुलाई एक घण्टामै छोडेको पीडितले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्