सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

ललीतपुरमा भारतीयद्धारा भुसालको अपहरण प्रयास

ललितपुरको सानेपामा शुक्रवार साँझ भारतीय नम्बर प्लेट भएको गाडी चढेर आएको एक समुहले अर्घाखाँची स्थायी घर भएका ब्यापारी मणि भुसालको अपहरण गर्ने प्रयास गरेका छन् ।

दिनेश चौधरी सहितका भारतीयहरुले शुक्रवार साँझ टोर एक्समाइन्स प्रा.लि र बल्याक हेड माइन्स प्रा.लि का सञ्चालक मणी भुसाललाई अपहरणको प्रयास गरेपनि स्थानियले देखेर हो–हल्ला गरेपछि फरार भएको बताईएको छ ।

मणि भुसाल र दिनेश चौधरी धेरै बर्ष देखिका साथी हुन । दश बर्षअघि काठमाडौंको ठमेलमा मणिको होटल थियो । त्यहि होटलमा भारतीय नागरिक दिनेशसँग मणिको चिनजान भयो । लामो चिनजानपछि मणि र दिनेश पार्टनरसिपमा सिसा खानी सञ्चालन गर्न राजी भएका थिए ।

लामो प्रयासपछि दार्चुलामा सिसा खानी सञ्चालनका लागी उनीहरुलाई खानी विभागले अनुमति दिएको थियो । खानी भर्खर रन हुन थालेकै बेला शुक्रवार साँझ दिनेशले ललितपुरको एक घरमा मणिलाई बोलाए । साथि भेट्न पुगेका भुसाललाई दिनेश सहितका तिन भारतीयले हातखुट्टा बाँधेर भारतीय नम्बर प्लेटको गाडीमा राख्ने प्रयास गर्दा उनी चिच्याए ।

मणि चिच्याएपछि घरधनीले होहल्ला गर्दै प्रहरीलाई खबर गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार प्रहरी पुग्दा भारतियहरु गाडी लिएर भागिसकेका थिए । घट्नाबारे ललितपुर प्रहरीले औपचारीक पुष्टि गरिसकेको छैन । मणि भुसाल निकट स्रोतका अनुसार दिनेश र मणी एकदमै मिल्ने साथि थिए ।

घट्नापछी प्रहरीले अपहरण प्रयासमा संलग्नको खोजि गरिहेको बताईएको छ । भुसालको सानेपा स्थित स्टार हस्पिटलमा उपचार भएपछी अवस्था सामान्य रहेको छ । घटनाको बारेमा ललितपुर प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS