सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सुन साईँली शिर्षकमा भाईरल बन्यो श्रमिकको फोटो

अहिले सोसलमिडियामा हेमन्त रानाको ‘साइली’ गित जति चर्चित भएको छ, उत्तिकै चर्चित छ, एक मजदुरको फोटो । हेमन्तको गितमा–‘सुन साइँली साइँली परदेशबाट म आउँला, सुन साइँली साइँली चालीस काटेपछि रमाउला’ भन्ने शब्दहरु छन् ।

यही गितलाई सन्दर्भ दिँदै ती मजदुरको फोटो सोसल मिडियामा छ । तर, यो फोटो को मजदुरको हो ? कहाँ खिचिएको हो भन्ने केही छैन । कार्टुनिष्ट रवीन सायमीले मजदुरको फोटोे समाजिक संजाल फेसवुकमा पोष्ट गर्दै लेखेका छन–‘सुन साइँली, परदेशमा होइन देशमै छु, चालसी त के जुनी कटे पनि रमाउन पाइला जस्तो छैन ।’

कार्टुनिष्ट रवीनले पनि तस्वीर लेखक नरेन्द्रजंग पिटरको फेसवुकबाट लिएको बताएका छन । तपाईं तस्वीर हेर्नुहोस, कामले थकित एक मजदुर चना र भुजा खादै गरेका छन् । टाउकोमा रातो रुमाल बाँधेका छन् । जिन्स पाइन्ट लगाएका छन् । सेन्डो लगाएका छन् । निकै गहिरोसँग केही हेरेका छन वा सोचेका छन ।

के यी नेपालको कुनै भूभागका काम गरेका मजदुर हुन ? तपाईं कोही उनलाई चिन्नु त हुन्न ?

लेखक नरेन्द्रजंग पिटर फोटो राखेर फेसबुकमा लेख्छन्–‘एक श्रमिकको महाचिन्तन र भोजन । जीवनका सुन्दरता के हुन ! सुख र चैन के हो ! श्रम र पसिना के हो ! धरतीलाई कुन श्रमले सिँगार्यो ! श्रमको मुल्य के हो ! यदी श्रमिक नभएको भए यो संसार कस्तो हुन्थ्यो, होला ! मेरो श्रम किन्नेले के मेरा विवेक, मनमस्तिक किन्न पनि सक्लान ! मैले जन्माउने सन्तान के होलान ! यस संसारमा पसिना गन्हाउँछ कि बास्ना आउँछ हजुर ? माफ गर्नुस हजुर, म भ्यालिन्टाइन डे वा यनिभर्सरी भनेर मेरी प्रीयतमसंग नारिएको फुटु यहाँ टाँस्न नसके पनि सोच्न…. त पाँउदिन र ! मलाइ काम गर्न, सोच्न त बन्देज छैन होलानी ! मेरा यि चिन्तन मात्र नभै ज्वालामुखी पनि हुन सक्छन हजुर, त्यो चाहीँ सोचिदिनुस् । हो हजुर, एउटा श्रमिक पनि सोच्न सक्छ, हेक्का राख्नुस हजुर ! सपना देख्न सक्छ, त्यो ‘लाटोबुद्दी’ संसारको सबभन्दा ठूलो शक्ति हो । बन्न सक्छ । श्रमिकहरू बोल्ने औजार मात्र हुँदै हैनन हजुर !’

लेखक पिटरले पनि ज्ञान श्रेष्ठको फेसबुकबाट फोटो लिएको उल्लेख गरेका छन् । ज्ञान श्रेष्ठले आफ्नो फेसबुकमा तस्वीर क्याप्सन लेखका छनः The Food After the hard work !

फेसबुकबाट कमेन्ट गर्नुहोस्