लेखापालको फेसबुकमा १६ जिबी अश्लील डाटा
प्रहरीले विद्युतीय उपकरण प्रयोग गर्दै अश्लील क्रियाकलापमा संलग्न सुरज बस्नेतको नक्कली फेसबुक अकाउन्टभित्र १६ जिबी अश्लील डेटा फेला पारेको छ । सामान्यतया साढे दुई घण्टा लामो चलचित्रको कम्प्युटर डाटा भार दुई जिबीभन्दा कम हुन्छ ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले अश्लील र छद्म नाममा खोलेको फेसबुक पेजमा आवाज, दृश्य र शब्दको ठूलो भण्डार जम्मा गरेका थिए । ललितपुरका सुरज बस्नेतले खोलेको उच्चारण गर्न समेत नमिल्ने पेजमा महिला, पुरुष र तेस्रो लिंगीसम्मले साटासाट गरेका तस्वीर भिडियो र वार्तालापको भण्डार फेला परेको छ ।
उनी महानगरीय अपराध महाशाखाको हिरासतमा छन् । महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले एउटा निजी कम्पनीमा लेखापालको जागिरे रहेका बस्नेतले सामाजिक सञ्जालमा अश्लील समाग्री भण्डारण गरेको पाइएको बताएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्