सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

निर्वाचनको मिति घोषणा पछी ओलीको पहिलो प्रतिक्रिया

एमाले अध्यक्ष केपी ओलीले सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्नुलाई सकारात्मक भनेका छन् । पार्टीको मेचि–महाकाली अभियानको उद्घाटनबारे जानकारी दिन पार्टी मुख्यालयमा आयोजीत पत्रकार सम्मेलनमा ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

चुनाव घोषणा पछिको यो उनको पहिलो प्रतिक्रिया हो । पत्रकार सम्मेलनमा ओलीले भने–‘स्थानीय तहको चुनावको मिति घोषणा भएको छ, यो सकरात्मक कुरा हो ।’ एमालेले यस अघि सरकारलाई चुनाव घोषणाको लागि दवाव दिँदै आएको थियो ।

एमालेले २१ गतेदेखि हुने मेची महाकाली अभियान सम्पन्न गर्नको लागी कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय समिति बनाएको छ । एमालेले राष्ट्रिय एकता, सामाजिक सद्भाव र संविधान कार्यान्वयनका लागि यही फागुन २१ गतेबाट मेची–महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्न लागेको हो ।

एमालेले आगामी वैशाख ३१ मा घोषित स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबै तयारी गर्न र कुनै पनि बहानामा समय अल्मल्याउने काम नगर्न सरकारलाई आग्रह गरेको छ । एमालेले संविधान संशोधनमा आफ्नो अडान भने कायमै रहेको बताएको छ । एमालेले राष्ट्रहित विपरीतका कुनै पनि कार्यमा एमाले सहमत हुन नसक्ने स्पश्ट पारेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्