सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

चुनावको बिरोध गर्दै विप्लवद्धारा जनसत्ताको आव्हन

नेत्रविक्रम चन्द ‘विप्लव’को नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निर्वाचनको विरोध गर्दै आफ्नो जनसत्ता सञ्चालन गर्न आह्वान गरेको छ । महासचिव ‘विप्लव’ले विज्ञप्ति जारी गरेर भनेका छन–‘सोमबार साँझ ७ बजे संसदवादी प्रचण्ड सरकारको वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने घोषणाप्रति हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ ।’

उनले जनयुद्धको मर्म विपरीत संसदीय व्यवस्था लादिएपछि नेपालमा जनसत्ता पुनःसंगठित र परिचालित भएको आरोप लगाएका छन् । विज्ञप्तिमा भनिएको छ–‘संसदीय व्यवस्थाप्रति जनताको असहमति र जनसत्ता संचालन भइरहेको सन्दर्भमा हामी यो चुनावको कुनै औचित्य नरहेको स्पष्ट गर्न चाहन्छौं ।’

विप्लवले विज्ञप्तिमा ‘अतः नेपाली नजतालाई प्रतिक्रियावादी राज्यको चुनावको भ्रममा नपरी आफ्नो जनसत्ता संचालनमा ध्यान केन्द्रित गर्न हामी आव्हान गर्दछौँ’ भनेका छन । सरकारलाई समर्थन गर्दै आएको मधेसी मोर्चाले पनि निर्वाचनको विरोधमा तराई बन्द लगायतका कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS