सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

भण्डारीलाई नेपालबाट बाहिरीन नदिनुः सिविआई

भारतीय रक्षा मन्त्रालयका गोप्य दस्ताबेज चोरेको आरोपमा निगरानीमा रहेका अभियुक्त सञ्जय भण्डारी नेपाल भएर भाग्न सक्ने आशंकामा त्यहाँको केन्द्रिय अन्वेषण ब्युरो (सिबिआई) ले नेपाली पक्षलाई औपचारिक आग्रह गर्ने तयारी गरेको छ ।

सिबिआईले भारतीय परराष्ट्र मन्त्रालय मार्फत नेपालको गृहमन्त्रालयलाई औपचारिक पत्र पठाएर ती व्यक्तिलाई नेपालबाट उम्कन नदिन आग्रह गर्ने तयारी थालेको हो । सिबिआईको अनुसन्धानमा भण्डारीको निकटता नेपालका दलका नेता र व्यापारीसँग देखेपछि उनी नेपालमा हुन सक्ने आशंका बढेको हो ।

यस्तै भण्डारी त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल भएर बेलायत जान सक्ने आशंकामा भारतले नेपाली पक्षसँग भण्डारीलाई पक्रन सहयोग माग्ने भएको हो । भारतीय पक्षले यसअघिसम्म नेपालमा आफ्ना मान्छे पक्रन अनौपचारिक च्यानल प्रयोग गर्दै आएको थियो ।

नेपालमा आफ्नै गुप्तचर एजेन्सी सक्रिय बनाउने र नेपाल प्रहरीको सहयोगमा पक्राउ गरी गोप्य रुपमा लैजाने आपसी समझदारी थियो । सन् २००४ मा रिसर्च एन्ड एनालाइसिस विङ (र) का एक बरिष्ठ अधिकारी नेपाल भएर अमेरिका भागेपछि भारतीय पक्षले खोजीमा रहेका अभियुक्त विरुद्ध नेपालसँग सहयोग माग्न थालेको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS