सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा ९ जना बोकेको हेलिकप्टर दुर्घटना

जापानको नागानोमा एक प्राविधिक टोली बोकेको हेलिकप्टर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परेको हेलिकप्टरमा नौ जना प्राविधिक कर्मचारी सवार रहेको जापानी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन ।

उक्त हेलिकोप्टर जापानको केन्द्रीय प्रान्त नागानोमा दुर्घटनाग्रस्त भएको छ । हेलिकप्टरर दुर्घटना भएको क्षेत्रमा पाँच जना फेला परेकोमा तीन जना मृत अवस्थामा भेटिएको स्थानिय सञ्चारमाध्यमले जनाएका छन । स्थानिय प्रहरीका अनुसार अन्य दुई जना भने अचेत अवस्थामा छन ।

प्रहरीले दुर्घटनाग्रस्त सो हेलिकप्टर स्थानीय समयानुसार आइतबार अपराह्न ३ः१० मा फेला परेको जनाएको छ । दुर्घटनामा परेको हेलिकोप्टरमा सवार रहेका अन्य चार जनाको प्रहरीले खोजी गरीरहेको जनाएको छ ।

हेलिकप्टर स्थानीय सरकारको स्वामित्वमा रहेको थियो । दुर्घटना नागानो क्षेत्रको पहाडी इलाकामा दुर्घटना भएकाले उद्धारकार्यमा कठिनाई भएको स्थानिय अधिकारीहरुले बताएका छन । हेलीकप्टरमा एक जना चालक, सात जना अग्नी नियन्त्रक र एक जना मर्मत सम्भार गर्ने प्राविधिक कर्मचारी सवार थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्