सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हेर्नुहोस्, कुन स्थानीय तहको केन्द्र कहाँ पर्यो त ?

स्थानीय तहको चुनाव गर्ने तयारीमा जुटेको सरकारले ७४४ स्थानीय तह कार्यान्वयनमा ल्याएको छ । सरकारले बालानन्द पौडेल नेतृत्वको स्थानीय तह पुनर्संरचना आयोगले दिएको ७१९ स्थानीय तहको सिफारिसलाई संशोधन गरेर ७४४ पुर्याएको हो ।

सरकारले प्रदेश नम्बर २ का ८ जिल्लामा २१ र काठमाडौंमा २ र बझाङ र मनाङमा पनि एक–एक स्थानीय तह थपेको हो । प्रदेश नम्बर २ मा एक उपमहानगर थपिएको छ । स्थानीय तहको संख्या ७४४ बनाउँदा पनि प्रदेश नम्बर ६ महानगर र उपमहानगर बिहीन नै भएको छ ।

तत्कालीन स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदलले संशोधन गरेको स्थानीय तहलाई सरकारले शुक्रबारबाट कार्यान्वयन गरेको हो । मुलूकमा अब ४ महानगर भएका छन् । काठमाडौंका साथै ललितपुर, भरतपुर र पोखरा महागर भएका छन् ।

यस्तै १३ उपमहानगर भएका छन् । जसमध्ये प्रदेश नम्बर २ र ५ मा चार चार उपमहानगर परेका छन् । प्रदेश २ मा जनकपुर, वीरगञ्ज, कलैया र सिमरा जीतपुर उपमहागर बनेका छन भने प्रदेश ५ मा नेपालगञ्ज, बुटवल, तुलसीपुर र घोराही उपमहानगर बनेका छन् ।

प्रदेश नम्बर १ मा पनि विराटनगर, इटहरी र धरान गरी तीन वटा उपमहागरपालिका बनेका छन । प्रदेश नम्बर ३ मा हेटौंडा र प्रदेश नम्बर ७ मा धनगढी उपमहानगरपालिका बनेका छन् । तर, प्रदेश नम्बर ६ मा न त महानगरपालिका नै छ, न उपमहानगरपालिका नै परेको छ ।

नयाँ संरचनामा २४७ नगरपालिका, ४८० गाउँपालिका

नयाँ संरचना अनुसार देशभर २४७ नगरपालिका बन्ने भएका छन । धेरै प्रदेश नम्बर १ मा पर्नेछन । जहाँ ४६ नगरपालिका परेका छन । प्रदेश नं. २ मा ४४, ३ मा ४०, ४ र ५ मा समान २९ नगरपालिका बन्नेछन । प्रदेश नम्बर ६ मा २५ र प्रदेश नम्बर ७ मा ३४ नगरपालिका परेका छन ।

यस्तै ७४४ स्थानीय सरकार मध्ये ४८० गाउँपालिका छन् । जसमा प्रदेश १ मा ८८, प्रदेश नं. २ मा ७९, प्रदेश नं. ३ मा ७५, प्रदेश नं. ४ मा ६२, प्रदेश नं. ५ मा ६६, प्रदेश नं. ६ मा ५७ र प्रदेश नं. ७ मा ५३ गाउँपालिका परेका छन् ।

हेर्नुहोस्, कुन स्थानीय तहको केन्द्र कहाँ पर्यो त ?

[pdfjs-viewer url=”http%3A%2F%2Feverestwall.com%2Fwp-content%2Fuploads%2F2017%2F03%2FGaupalika-kendra.pdf” viewer_width=100% viewer_height=1360px fullscreen=true download=true print=true]

फेसबुकबाट कमेन्ट गर्नुहोस्