किन हरायो सुगौली सन्धीको सक्कल प्रति ?
सुगौली सन्धीमा के छ ? यसको ऐतिहासिकता र औचित्य कति छ ? भारतमा शासन गरिरहेको तत्कालिन ब्रिटिस सरकार र नेपालबीच सन् १८१६ मा भएको भनिएको यो सन्धीबारे कसैले यस्तो जिज्ञासा गरे जवाफ निराशापूर्ण आउँछ ।
यसको कारण हो–सुगौली सन्धीको सक्कल प्रतिनै कतै नभेटिनु । सन्धीकर्ता दुई देश न नेपालमा यो भेटिन्छ न बेलायत । इतिहासकार अध्येता अन्वेषक मात्र होइन सम्बन्धित अधिकारी नै यसबारे अनविज्ञता प्रकट गर्छन् ।
चल्तीमा रहेका सुगौली सन्धि टाइपिङ प्रति हो, सक्कल होइन जसका कतिपय बुँदामा रहेका विवादास्पद विषय नेपाल–भारतबीच ‘उकुज’ बन्दै आएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्