तराई मधेसमा सेनाको सुक्ष्म अन्वेषण
अराजक र राष्ट्र बिरोधी गतिविधी बढ्दै गएपछी नेपाली सेनाले पछिल्लो समय सम्बन्धित क्षेत्रमै पुगेर तराई मधेसको मनोविज्ञान बुझ्ने प्रयास थालेको छ ।
सेनाले सुक्ष्म अन्वेषण अन्र्तगत प्रतिकूल राजनीतिक प्रभावले छोएका तराइ मधेसका जिल्लाका जनताको मनोविज्ञान बुझ्ने प्रयास थालेको हो ।
यसका लागि सेनाको सुक्ष्म अन्वेषण रणनीति अनुसार जनसरोकारका बिषयमा स्थापित गण, गुल्म र पोस्टको सक्रियता बढाइँदै छ ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीले साउन १० मा जंगीअड्डामा आयोजित एउटा कार्यक्रममा यसको औपचारिक खुलासा गरिसकेका थिए ।
प्रधानसेनापति क्षत्रीले बेलाबेला राष्ट्र बिरोधी र सामाजिक सद्भाव खलबल्याउने तत्व र तिनका कार्यप्रति नेपाली सेना सदैब सजग भएर बसेको बताउँदै आएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्