सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जन्मकैद जेल बस्नुपर्ने ढुंगेललाई ताम्रपत्रले सम्मान

सर्वोच्च अदालतबाट ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाईएका र नेपाल प्रहरीको नजरमा फरार अभियुक्तको रुपमा रहेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई ओखलढुंगाका विभिन्न पार्टी र संघ संस्थाले सार्वजनिक अभिनन्दन गरेका छन् ।

नयाँ संरचना अनुसारको रामेछापको लिखु गाउँपालिकाको ढाडे भन्ने स्थानमा आइतबार ढुंगेललाई ताम्रपत्र सहित सम्मान गरिएको हो । द्वन्दकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी ठहर गर्दै ढुंगेललाई सर्वाेच्च अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।

सर्वोच्च अदालतले आफ्नो फैसला कार्यान्वयन नभएको भन्दै पक्राउ गरी कानुनी दायरामा ल्याउन पटक–पटक ताकेता पत्र लेखिरहेको समयमा ज्यानमुद्दाका दोषीलाई नागरिक अभिनन्दन गरिएको हो ।

सर्वाेच्च फैसलापछि लुकीलुकी हिड्दै आएका ढुंगेल जबजब प्रचण्ड प्रधानमन्त्री बन्छन तबतब खुलेयाम हिड्ने गरेका छन् । नेपाल प्रहरीले ढुंगेल फरार भएकाले पक्राउ गर्न नसकेको बताउँदै आएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्