सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जानिराखौँ, फेसबुकमा ‘Amen’ टाइप गर्दा के गल्ती हुन्छ ?

यदि तपाईं फेसबुक चलाउनु हुन्छ भने तपाईंले कुनै बिरामी बच्चा वा जनावरको प्रार्थनापूर्ण फोटोसहितको पोष्ट देख्नुभएको होला । त्यस्ता पोष्टमा कि त like वा Amen टाइप गर्न आग्रह गरिएको हुन्छ । यसो गर्नाले तपाईंले ती व्यक्ति वा जनावरलाई सहयोग गरिरहेको पनि बताइन्छ ।

तपाईंले विभिन्न फोटोहरु पनि देख्नुभएको होला जुन निकै भाइरल भइरहेका छन् । त्यस्ता फोटोमा लेखिएको हुन्छ, ‘मलाई थाहा छ तपाईंले यो फोटोलाई लाइक गर्नुहुन्न किनभने म बिरामी छु ।’ अथवा ‘मलाई निको पार्न Amen टाइप गर्नुहोस् ।’

के तपाईं विश्वास गर्नुहुन्छ, फोटोलाई ‘लाइक’ गर्दा कसैको ज्यान बच्छ वा Amen टाइप गर्दा रोग निको हुन्छ ? यदि तपाईंले राम्रो नियतिले यसो गरिरहनुभएको छ भने तपाईंले निकै अचम्मको कुरा गरिरहनुभएको छ ।

तपाईंलाई लाग्ला तपाईंले यसो गरेर कसैलाई समर्थन गरिरहनुभएको छ, तर वास्तवमा यस्तो हुँदैन । वास्वमा तपाईंले फेसबुकका केही स्प्यामरलाई पैसा कमाउन सहयोग गरिरहनुभएको छ । उनीहरुले मानिसहरुले धेरैभन्दा धेरै लाइक गर्ने, सेयर गर्ने र कमेन्ट गर्ने तस्बिर डिजाइन गर्छन् र फेसबुकमा पोष्ट गर्छन् ।

यसले उनीहरुले आफ्नो पोष्टमा अनगिन्ती फलोअर्स कमाउने गर्छन् । त्यसपछि यस्ता पोष्ट बनाउनेहरुले खराब मेसेज, भाइरस र स्क्याम पठाउने गर्छन् जसले तपाईंलाई हानीसमेत गर्नसक्छ । जब तपाईंले त्यस्ता पोष्टलाई लाइक वा सेयर गर्नुहुन्छ तब स्क्यामरले तपाईंको सम्पूर्ण व्यक्तिगत जानकारी जस्तै तपाईं कहाँ बस्नुहुन्छ, जन्म मिति, इमेल ठेगाना पत्ता लगाउन सक्षम हुन्छन् ।

त्यसकारण अर्कोपटक जब तपाईंलाई फेसबुकको कुनै पनि पोष्ट देखेर राम्रो लाग्यो र यस्ता पोष्टलाई फेसबुकमा सेयर गर्ने मन भयो भने एउटा कुरा याद राख्नुहोस् लाइक र Amen टाइप गर्दैमा कसैको जीवन बच्दैन ।

यद्यपी, यसो गर्नाले तपाईंलाई कसैले हानी पुर्याउने प्रबल सम्भावना हुन्छ । यस्तो पोष्टमा लाइक, कमेन्ट, सेयर गरेर स्प्यामरको खल्ती भर्न सहयोग नगर्नुहोस् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्