सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

उपप्रधानमन्त्री कमल थापा आफै सडकमा ओर्लिएपछी

निर्वाचन आयोगले विधानबाट राजतन्त्र र हिन्दु राष्ट्र शब्दावली हटाईदिएपछी आन्दोलनमा उत्रिएका राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबिच जमलमा झडप भएको छ । निर्वाचन आयोगको कार्यालय घेराउ गर्न गएका राप्रपा कार्यकर्तालाई प्रहरीले रोक्न खोजेपछी झडपको स्थिति सिर्जना भएको थियो ।

झडपका क्रममा राप्रपाका बरिष्ठ नेता पसुपति समशेर राणा, केन्द्रिय सदस्य कोमल वली लगायत राप्रपाका १९ जना भन्दा बढि कार्यकर्ता घाईते भएका छन । प्रहरीको लाठी लागेर पसुपति समशेर राणाको खुट्टामा चोट लागेको छ ।

जमलतर्फबाट राप्रपाका कार्यकर्ता निर्वाचन आयोगतर्फ अगाडी बढ्न खोजेपछी प्रहरीले रोकेको थियो । राप्रपाका कार्यकर्ता जर्बजस्ती अगाडी बढ्न खोजेपछी प्रहरीले लाठी प्रहार गर्नुका साथै अश्रुग्याँस प्रहार गरेको थियो । प्रहरीले लाठी प्रहार गर्न थालेपछी राप्रपा कार्यकर्ताले पनि ढुंगा प्रहार गरेका थिए ।

झडपपछि उप–प्रधान तथा स्थानीय विकासमन्त्री समेत रहेका राप्रपाका अध्यक्ष कमल थापाले आफैं धर्ना बसेर ज्ञापन पत्र बुझाएका छन् । उपप्रधानमन्त्री थापा धर्ना बस्न सिंहदरबारबाट सिधै जमल पुगेका थिए ।

शान्ति बाटिकामा जम्मा भएका राप्रपाका नेता कार्यकर्ता कान्तिपथतर्फ अघि बढेपछि आयोगको मुल गेटबाट करिव ५० मिटर अगाडि नै प्रहरीले रोकेको थियो । त्यहाँ राप्रपाका नेताहरुले सम्बोधन गर्ने र आयोगमा ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्