सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कांग्रेस युवानेता रविन्द्र शाहको ढुंगाले कुटिकुटी हत्या

जाजरकोटको भेरीमालिका गाविस वडा नं. ३ का कांग्रेस युवा नेता रवीन्द्र शाहको निर्ममतापुर्वक हत्या भएको छ । गएराति पाँच–छ जनाको एउटा समुहले शाहलाई जिल्ला सदरमुकाम खलंगास्थित अस्पताल नजिकै घेरा हालेर ढुंगा प्रहार गरी हत्या गरेको थियो ।

हत्यापछी शाहलाई सो समुहले दुई सय मिटर तल खसाइदिएको थियो । शाह नेविसंघका पूर्वकेन्द्रीय सदस्य हुन् । शाहको हत्या बिरोधमा नेबिसंघ केन्द्रीय समितिको आकस्मिक बैठकले काठमाडौं उपत्यकासहित देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

प्रहरीले चार–पाँच जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जानकारी आफूहरुले पाएको नेविसंघ केन्द्रीय अध्यक्ष नैनसिंह महरले जानकारी दिएका छन । घटनाबारे छलफल गर्न बुधबार बिहान नेविसंघ केन्द्रीय समितिको आकस्मिक बैठक बसेको थियो ।

बैठकले चक्काजाम र ज्ञापन पत्र बुझाउने लगायतका चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । नेविसंघ केन्द्रीय अध्यक्ष महरका अनुसार काठमाडौं उपत्यकामा आज दिउँसो २ बजे त्रिचन्द्र क्याम्पस अगाडि बिरोध प्रदर्शन गर्ने निर्णय भएको छ ।

यसैगरी आजै देशभरका सबै जिल्लामा पनि क्याम्पस अगाडि बिरोध प्रदर्शन गर्ने नेविसंघले जनाएको छ । १७ गते बिहान ९ बजे देशभरका क्याम्पस अगाडि एकघण्टा चक्काजाम गर्ने र १८ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने अध्यक्ष महरले जानकारी बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्