सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

निर्वाचनमा चीनको कलम भारतको मसी सहयोग

नेपालमा बैशाख ३१ गते हुने स्थानीय निर्वाचनलाई चीनले विभिन्न प्रकारका एक दर्जन सामाग्रीहरु दिने भएको छ । चीन सरकारले स्थानीय निर्वाचनमा प्रयोग हुने मसलन्द सामाग्रीहरु, टेप, स्केल, स्ट्याब्लर, पञ्चिङ्ग मेशिन लगायतका सामान उपलब्ध गराउने प्रतिवद्धता जनाएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताएका छन ।

यस्तै चीन सरकारले धागो, झोला, रातो र कालो मसीका पाइलट पेन लगायतका सामाग्री समेत सहायताका रुपमा उपलब्ध गराउने बताएको छ । दुतावासले आयोगलाई पत्र लेखेर ती सामानहरु आगामी बैशाख १० गतेअघि नै आयोगलाई हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएको छ ।

भारत सरकारले भने निर्वाचन सहायताको रुपमा उपलब्ध गराउने भनेको मसीबारे कुनै प्रतिवद्धता नजनाएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता शर्माले भने–‘दिन्न भनेको होइन, तर समयमा पाउनेमा ढुक्क हुन सकिएन ।’

भारतले मतदानका क्रममा प्रयोग गर्ने मसी समयमा उपलब्ध नगराउने भएपछि आयोग आफैँले खरिद गर्ने तयारी गरेको छ । भारत सरकारले पूर्व प्रतिवद्धता अनुसार मसी उपलब्ध गराए त्यस्तो मसी आगामी निर्वाचनमा प्रयोग गर्न सकिने पनि आयोगले जनाएको छ । आयोगले मसीको सट्टामा मार्कर पेन खरिद गर्न लागेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्