सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चट्याङ लागेर चितवनमा चुनावी उम्मेदवारको मृत्यु

चट्याङ लागेर चितवनमा एक स्थानीय तह निर्वाचनका उम्मेदवारको मृत्यु भएको छ । कालिका नगरपालिका वडा नं. ११ का माओवादी केन्द्रका उम्मेदवार सिफल प्रजाको मंगलबार बिहान चट्याङ लागेर ज्यान गएको हो ।

कालिका नगरपालिका–११ खोलागाउँस्थित घरमै सुतिरहेका बेला बिहान ३ बजे परेको चट्याङ लागेर घाइते प्रजालाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बीच बाटोमै ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।

उनी कालिका नगरपालिकाको वडा नं. ११ को वडा सदस्य उम्मेद्वार थिए । कालिका नगरपालिकाको ११ नम्बर वडा निकै विकट रहेकाले चट्याङले पुर्याएको क्षतिबारे पुर्ण जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।

चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले प्रजाको मृत्यु भएकाले माओवादी केन्द्रले अर्को उम्मेदवार उठाउन सक्ने जानकारी दिएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्