सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एउटै डोरी पासो लाएर आमाछोराद्धारा आत्महत्या

केहि दिन अघि गुल्मीमा निकै कहालिलाग्दो घटना घटेको प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार गत वैशाख २२ गते साँझ पौने ६ बजे छत्रकोट गाउँपालिका वडा नम्वर–२ पल्लीकोट गाउँमा आमा छोराले एउटै डोरीमा पासो लगाएर आत्महत्या गरेका छन् ।

पल्लीकोटकी २० वर्षिया शितल परियार र उनका २ वर्षिय छोरा प्रवेश परियारले एउटै डोरीमा पासो लगाएर आत्महत्या गरेका हुन् । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोलाबहादुर रावलले पहिला शितलले छोरालाई प्लाष्टिककोे डोरीले पासो लगाई हत्या गरेको र पछि उनले पनि त्यही डोरीमा पासो लगाई आत्महत्या गरेको अनुसन्धानबाट खुल्न आएको बताएका छन ।

उनका श्रीमान् पदम परियार बैदेशिक रोजगारका लागि दुवईमा रहेको जनाइएको छ । घर बनाउँदा ५०–६० हजार ऋण रहेको, श्रीमानसँग फोन कुराकानीमा भनाभन हुने गरेकोले सोही तनावमा शितलले यो कदम उठाएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको जनाइएको छ ।

यसैबीच गुल्मीकै मुसिकोट देउरालीकी १९ वर्षिया मधु पन्त घिमिरेले पनि उनको माईती घर वामीटक्सारमा झुण्डिएर आत्महत्या गरेको प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवले जानकारी दिएका छन ।

उनले ३ वर्ष अघि मुसिकोट देउरालीका धनिश्वर घिमिरेसँग प्रेम विवाह गरेकी थिइन् । विवाह गरेर माइतीमै बसेर पढ्ने गरेको र गत कार्तिक महिनादेखि उनी घरमा गएकी थिइनन् ।

उनका श्रीमान् एक महिनाअघि काठमाडौँबाट घर आएको र दुवैको सम्वन्ध राम्रै पाइएको मुसिकोट देउरालीका मदनदीप घिमिरेले बताएका छन । उनले आत्महत्या गर्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्