अस्पताल भन्दा वैद्य प्यारा, दाँतको उपचार डाडुले
बाजुरा जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा स्वास्थ्य चौकी छन् । तर, स्वास्थ्य चौकीभन्दा धामीझाँक्री र वैद्यहरु स्थानीय जनताको मनमा बस्न सफल भएका छन् ।
यहाँका अधिकांश बिरामी उपचारका लागि स्वास्थय चौकी जाँदैनन, धामीझाँक्री र वैद्यहरुको भर पर्छन् । धामीझाँक्री र वैद्यहरुले गर्ने उपचार पद्धतिमा पनि उनीहरुको कुनै गुनासो छैन ।
समीकात्र्तिक गाउँपालिका २ की जनपुरा रावल दाँत दुखेपछि रातभर सुत्न सकिनन् । बिहानीको पर्खाइमा उनले कष्ट सहेर रात कटाइन् । उज्यालो भएपछि उनको प्राथमिकतामा स्वास्थ्य चौकी परेन । उनी सीधै स्थानीय वैद्यकोमा गइन् ।
वैद्यले भान्सामा प्रयोग हुने फलामको डाडु आगोको भुंग्रोमा रातो हुने गरी तताइन् । त्यसपछि ती महिला वैद्यले उनको दुखेको दाँत केहीबेर डामिन् । रावललाई तातो डाडुको रापले बिसेक भयो ।
वैद्य र धामीझाँक्रीप्रति विश्वास गर्ने रावल प्रतिनिधि पात्र मात्र हुन् । बाजुरा लगायत देशका बिभिन्न भागमा वैद्य र धामीझाँक्रीलाई विश्वास गर्नेको संख्या असंख्य छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्