सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

निशानामा गुण्डाहरु, चुनावभरी हिरासतमा बास

निर्वाचन सुरक्षालाई दृष्टिगत गर्दै प्रहरीले गुन्डा नाइके चक्रे मिलनलाई पनि पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले चक्रे मिलनलाई महाराजगन्जस्थित उनको निवासबाट मंगलबार दिउँसो पक्राउ गरेको हो ।

यसअघि आइतबार दीपक मनाङेलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको थियो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनाङेलाई सोमबार पाँच दिन थुनामा राख्ने अनुमति दिएको थियो ।

काठमाडौं प्रहरी परिसर प्रमुख छविलाल जोशीले निर्वाचन सुरक्षालाई दृष्टिगत गर्दै गुन्डा नाइकेहरुलाई पक्राउ गरिएको जानकारी दिएका छन ।

पहिलो चरणको स्थानीय निर्वाचन हुन एक साताअघि प्रहरीले गुन्डा नाइके पक्राउ गर्न थालेको छ । पक्राउ गरेका गुण्डाहरुलाई चुनाव अवधीभर हिरासतमै राख्ने प्रहरीको तयारी रहेको बुझिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्