भोटर कार्ड पुरानो छ भने नयाँ लिन जानुस है !
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भोट हाल्न यसअघिको मतदाता परिचय पत्र प्रयोग नहुने बताएको छ । आयोगले मतदाता परिचयपत्रको स्वरुप परिवर्तनका साथै धेरै मतदाताको मतदान केन्द्रसमेत परिवर्तन भएकाले अब पुरानो परिचय पत्र काम नलाग्ने भएको जनाएको छ ।
आयोगले सबै मतदातालाई बैशाख २८ देखि ३० गतेसम्म आफ्नो मतदान स्थलमा पुगेर नयाँ परिचय पत्र लिनसमेत आग्रह गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले पुरानो मतदाता परिचयपत्रले मत हाल्न नपाइने प्रष्ट पारे ।
प्रवक्ता शर्माले भने–‘मतदाताले पुरानो कार्ड बोकेर बसेको र त्यसैका आधारमा मतदान गर्ने तयारी गरेको पाइयो, त्यो गलत हो । आयोगले बैशाख २८ गतेदेखि वितरण गर्ने नयाँ कार्डका आधारमा मात्र भोट हाल्न पाइन्छ ।’
निर्वाचन आयोगले पानीले नभिज्ने, सुरक्षा कोडसमेत राखिएको सुरक्षित मतदाता परिचयपत्र यसपटक वितरण गर्दैछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्