राप्रपाका वडा सदस्यका उम्मेद्वारको मृत्य
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का स्थानीय तह निर्वाचन उम्मेद्वार धुलिखेलमा सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन् । धुलिखेल नगरपालिका–१२ का राप्रपा वडा सदस्य उम्मेद्वार सुकलाल तामाङ आफ्नै निवासमा मृत अवस्थामा फेला परेका हुन् ।
बुधबार राति खाना खाएर सुतेका ५५ वर्षीय तामाङ बिहीबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिएका छन ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्