कपिलवस्तुमा खोलामा डुबेर २ बालिकाको मृत्यु
कपिलवस्तुको सुद्धोधन गाउ पालिका–२ स्थित भुताहा खोलामा डुबेर शुक्रवार साँझ २ बालिकाको मृत्यु भएको छ । बाख्रा चराउन गएका राधेश्याम चौधरीकी ९ बर्षीया छोरी सृजना र शेखमान चौधरीकी ८ बर्षीया छोरी नुरमतिको खोलामा डबुेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोलामा तैरिरहेको अवस्थामा बालिकाहरुको शव भेटिएको थियो । घटनाबारे स्थानीयले जानकारी गराए पछि प्रहरी त्यहाँ पुगेको थियो ।
खोलामा कसरी डुबे भन्ने बारे अँझै थाहा नलागेको प्रहरी नायब उपरिक्षक प्रह्लाद अधिकारीले बताएका छन । शवलाई परिक्षणका लागि तौलिहवा अस्पताल पठाइएको प्रहरीले बताएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्