सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कांग्रेसले पाँचथरमा उम्मेद्वारको टुंगो लगायो

नेपाली काँग्रेसले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि पाँचथरमा उम्मेदवारको टुङ्गो लगाएको छ । पाँचथरमा कांग्रेसले फालेलुङ गाउँपालिकाको अध्यक्षमा सञ्चकुमार केरुङ, उपाध्यक्षमा हिमा अधिकारी, फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा अमर नेम्वाङ र उपाध्यक्षमा देवित्रा आङ्देम्बेको नाम चयन गरेको छ ।

कांग्रेसले हिलिहाङ गाउँपालिकाको अध्यक्षमा समरबहादुर अधिकारी, उपाध्यक्षमा ताराकुमारी योङहाङ र कुमायक गाउँपालिकाको अध्यक्षमा बमप्रसाद लावती, उपाध्यक्षमा सूर्यकुमारी नेम्वाङ चेम्जोङको नाम चयन गरेकोे छ ।

मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा खड्गसुन्दर लावती, उपाध्यक्षमा सुनमाया राई, तुम्बेवा गाउँपालिकाको अध्यक्षमा होमनाथ थापा, उपाध्यक्षमा टेककुमारी कुरुम्बाङ उम्मेद्वार तोकिएका छन । कांग्रेसले याङबरक गाउँपालिकाको अध्यक्षमा शेरबहादुर नुगोलाई उठाएको छ ।

फिदिम नगरको प्रमुख र उपप्रमुखको उम्मेदवारका बारेमा सहमति नभएपछि विवाद समाधान गर्न केन्द्रमा पठाइएको पार्टीका चुनाव प्रचारप्रसार समिति संयोजक वृजहाङ आङदेम्बेले बताएका छन । जिल्लाको ६० वटा वडामा भने कार्यसमिति चयन गरिसकिएको जिल्ला सभापति नरेन्द्रकुमार केरुङले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्