नेपालका एनजीओसंग पनि सम्बन्ध बढाउँदै चीन
चीनले नेपालका गैरसरकारी संस्थासँग पनि सम्बन्ध विस्तार गर्ने नीति अघि सारेको छ । नेपालका गैरसरकारी संस्थामार्फत विविध विषयमा अध्ययन अनुसन्धान गर्ने इच्छा चीनले देखाएको हो ।
नेपालका गैरसरकारी संस्थासँगको सम्बन्ध विस्तारबारे छलफल गर्न चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वउपमन्त्री लिउ होङ्काईको नेतृत्वमा चिनियाँ विज्ञको ६ सदस्यीय टोली काठमाडौं आएको छ । टोलीले बिहीबार विश्वसम्बन्ध परिषद्का पदाधिकारीसँग छलफल गरेको छ ।
नेपाल चीनबीच दुई साताअघि हस्ताक्षरित बेल्ड एन्ड रोड अवधारणामा आधारित भई जनस्तरको सम्बन्ध विस्तारलाई जोड दिने नीतिअनुसार गैरसरकारी संस्थासँगको सम्बन्ध विस्तारमा जोड दिइएको चिनियाँ टोलीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्